३० असार २०८२, सोमबार
Follow Us

आज सामान्य घट्यो सुनको भाउ

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०८१, बुधबार ०६:१३

काठमाडौं, चैत्र २० । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन १ लाख ७९ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा २ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी २ हजार ३५ रुपैयाँमा किनबेच भएको थियो।

धेरै पढिएको