३० असार २०८२, सोमबार
Follow Us

‘मलाई पक्राउ गरिए आन्दोलन थप उग्र हुन्छ, हजारौँ भोलेन्टियर खटाइसक्यौँ’

नेपालब्रिटेन संवाददाता
२५ चैत्र २०८१, सोमबार १४:१७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको आह्वानमा भोलि शान्तिपूर्ण प्रदर्शन हुने बताएका छन् ।

आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राप्रपाले हिंसा र अराजकतामा भविष्य नदेखेको बताउँदै आन्दोलनलाई भद्र अवज्ञा र सत्याग्रहका रूपमा अघि बढाइने जानकारी दिए ।

अध्यक्ष लिङदेनले कांग्रेस, एमाले र माओवादीका समर्थकहरूलाई समेत आन्दोलनमा सहभागी हुन आग्रह गरे । उनले प्रदर्शनस्थल बिहान ९ बजेदेखि स्वयम्सेवकको नियन्त्रणमा रहने र घुसपैठ गर्नेलाई कारबाही गरिने चेतावनी दिए ।

यदि आफूलाई पक्राउ गरिए पनि आन्दोलन थप उग्र हुने दाबी गर्दै अध्यक्ष लिङदेनले हजारौं भोलेन्टियर खटाइसकिएको जानकारी दिए ।

धेरै पढिएको