८ भाद्र २०८२, आईतवार
Follow Us

२ हजार रुपैयाँले बढ्यो सुनको भाउ

नेपालब्रिटेन संवाददाता
२७ चैत्र २०८१, बुधबार ०६:०८

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा लगातार ४ दिनको गिरावटपछि आज बुधबार वृद्धि भएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ७५ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यसअघि, मंगलबार १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यता, मंगलबार चाँदीको भाउ पछि प्रतितोला ५ रुपैयाँले बढेको छ । यसदिन चाँदी प्रतितोला १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

धेरै पढिएको