१० बैशाख २०८२, बुधबार
Follow Us

लण्डनमा क्याट यूकेद्धारा रक्तदान

नेपालब्रिटेन डट कम्
१ बैशाख २०८२, सोमबार ०२:०७

लन्डन। बेलायतमा रहेका चितवनवासीहरुको साझा संस्था चितवन एड ट्रस्ट (क्याट) यूकेले दोस्रोपटक बृहत रक्तदान कार्यक्रम गरेको छ।

क्याट) यूकेले दोस्रो पटक लन्डन सेफहर्ड बुसस्थित वेष्टफिल्ड सपिङ सेन्टर परिसरमा आयोजना गरेको कार्यक्रममा ५२ जनाले रक्तदान गरेको क्याट यूके अध्यक्ष कृष्ण तिवारीले जानकारी दिए। बृहत रक्तदान कार्यक्रम बेलायतमा कार्यरत नेपाली प्रोफेसनलहरुको संस्था सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् (एसओएनपी) यूकेकोसहकार्यमा गरिएको हो।

कार्यक्रममा लण्डन नेपाल संग बोल्दै संस्था अध्यक्ष कृष्ण तिवारीले रक्तदाता कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए।रक्तदान कार्यक्रमको संयोजन क्याट यूके सल्लाहकार यादव श्रेष्ठ र सह-संयोजक डा सुरज पौडेलले गरेका थिए।
रक्तदान कार्यक्रममा सहभागी बनेर अरुको जीवन बचाउने अभियानमा योगदान गर्ने सबैलाई संयोजक श्रेष्ठले कृतज्ञता व्यक्त गरेका छन् ।

क्याट यूकेले यसअघि सन् २०२१ मा लन्डनमा पहिलोपटक रक्तदान कार्यक्रम गरेको थियो।पूर्व अध्यक्ष रितेश राज पाण्डेले“रक्तदान जिवनदान”भन्ने मूल नारा लिएर रक्तदान कार्यक्रमको सुरु गरिएको बताए।

संस्थाले सामाजिक क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको छ।


फोटो – शिव भण्डारी