७ जेष्ठ २०८२, बुधबार
Follow Us

माल्टामा परियारले जिते अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगिता

नेपालब्रिटेन डट कम्
५ बैशाख २०८२, शुक्रबार ०१:१९

माल्टा – मकवानपुर, हेटौडा–२ निवासी सरुन परियारले अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता प्राप्त गर्दै नेपाल र माल्टाको नाम अन्तर्राष्ट्रिय स्तरमा चम्काउन सफल भएका छन्। विगत १६ महिनादेखि माल्टामा क्यासियरको रूपमा कार्यरत सरुन परियारले हालै सम्पन्न Men’s Physique Bodybuilding National Championship मा गोल्ड मेडल जित्दै सबैको ध्यान तान्न सफल भए।

त्यसैगरी, ओभरअल तर्फ उनले ब्रोन्ज मेडल जिते भने, अन्तर्राष्ट्रिय युरोप स्तरीय प्रतियोगिता IFBB Diamond Cup मा प्रतिस्पर्धा गर्दै सिल्भर मेडल समेत हासिल गरे। यस महत्वपूर्ण उपलब्धिले न केवल सरुन परियारको व्यक्तिगत प्रतिष्ठा बढाएको छ, तर उनले माल्टाबाट नेपाललाई विश्वमञ्चमा चिनाउने अवसरसमेत सिर्जना गरेका छन्।

उहाँको यस अद्वितीय सफलतामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाले विशेष बधाई तथा सम्मान व्यक्त गरेको छ। एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनालका अनुसार, “सरुनज्यूको यस ऐतिहासिक उपलब्धिले सम्पूर्ण नेपाली समुदायको शिर गर्वले उचो बनाएको छ। उहाँजस्तो प्रेरणादायी व्यक्तित्वले नेपाली युवाहरूका लागि नयाँ आशा र सम्भावनाको ढोका खोलिदिएको छ।”

सरुन परियारको कडा मेहनत, आत्मविश्वास, र अठोटको प्रतिफलस्वरूप प्राप्त यस सफलता नेपाली डायस्पोराको लागि गर्वको विषय बनेको छ। यसले भविष्यमा नेपाली प्रतिभाहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा अझ उज्यालो छवि निर्माण गर्ने मार्ग प्रशस्त गरेको छ।