लण्डन । विगत तीन महिनामा विभिन्न देशबाट ठूलो संख्यामा नेपालीहरुलाई डिपोट गरिएको तथ्यांक सार्वजनिक भएको छ । अध्यागमन विभागका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) बाट सबैभन्दा धेरै नेपाली डिपोर्ट भएर फर्किएका छन्। सन् २०२४ मा त्यहाँबाट ३६५ जनालाई डिपोर्ट गरिएको छ। २०२५ को साढे तीन महिनामा ११४ जना फर्किसकेको पनि विभागको तथ्यांक छ।
यस्तै मलेसिया र अमेरिकाबाट पनि डिपोर्ट हुनेको संख्या पछिल्लो समय बढेको छ। मलेसियाबाट सन् २०२४ मा ७५ जना मात्रै डिपोर्ट गरिएको थियो। तर २०२५ को पहिलो साढे ३ महिनामा १३८ जना फर्किसकेका छन्।
अमेरिकाबाट पनि पछिल्लो समय डिपोर्ट हुनेको संख्या बढेको छ। विभागका अनुसार गत वर्ष (सन् २०२५) मा २५ जना डिपोर्ट भएका थिए। तर यो साढे तीन महिनामा अमेरिकाले ७९ जनालाई डिपोर्ट गरिसकेको छ।
जापानबाट गएको वर्ष ९९ जना र पछिल्लो साढे तीन महिनामा ४८ जना डिपोर्ट भएका छन्। साढे १५ महिनामा थाइल्यान्डबाट ५० जना, कतारबाट ३९ जना, बेलायतबाट १९ जना र रुसबाट एकजना डिपोर्ट भएका छन्।
विदेशबाट डिपोर्ट भएका नेपालीहरू पनि अधिकांश गैरकानुनी रूपमा त्यहाँ पुगेका, आधिकारिक कागजात नभएका र भिसाको म्याद सकिएर पनि बसिरहेकाहरू छन्।