काठमाडौँ । गैरआवासीय नेपाली संघको एकता महाधिवेशनपछि गठित कार्यसमितिको बैठकले दुईवटा महत्वपूर्ण निर्णयहरू गरेको छ।
एनआरएन अभियानको नेतृत्व सम्हालिरहेका महेश श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको बैठकले संघभित्र व्यापक एकता कायम गर्न विशेष अभियान सञ्चालन गर्ने र सबै पक्षसँग संवाद गर्ने निर्णय गरेको हो।
श्रेष्ठका अनुसार, बैठकले पहिलो निर्णयस्वरूप संघभित्रको बृहत् एकता सुनिश्चित गर्न विशेष अभियान थालनी गर्ने र सम्वादमार्फत सबै पक्षसँग सहकार्य बढाउने निर्णय लिएको हो।
त्यसैगरी, बैठकले एकता महाधिवेशन सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति आभार प्रकट गर्ने निर्णय पनि गरेको छ।
यसअघि, सोमबार नेपालब्रिटेन डट कमसँग कुरा गर्दै श्रेष्ठले संस्थाभित्र लामो समयदेखि चल्दै आएका विवादहरू अन्त्य गर्दै बृहत् एकताको पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।