१ असार २०८२, आईतवार
Follow Us

‘साम्बा’ बेलायतमा

नेपालब्रिटेन संवाददाता
८ जेष्ठ २०८२, बिहीबार २०:१२

लन्डन । नेपाली चर्चित खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ बेलायत आइपुगेकी छन् ।

तमुधीं यूकेको आयोजनामा मे २५ तारिखमा हुने गोर्खा कप फुटबल प्रतियोगितामा सहभागी हुन साम्बा बिहीबार साँझ लन्डन आइपुगेकी हुन् ।

गोर्खाकपमा प्रमुख आकर्षणका रुपमा साम्बाको उपस्थिति रहनेछ । लन्डन उत्रिएलगत्तै साम्बाले गोर्खाकपको अवसरमा बेलायत आउन पाएकोमा खुशी व्यक्त गर्दै बेलायतका फुटबलप्रेमी नेपालीहरुलाई भेट्न आफू उत्साहित रहेको बताइन्।

विमानस्थलमा उनलाई स्वागत गर्न गोर्खा कप आयोजक तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल गुरुङ, सचिव विमल गुरुङ, खेल सचिव दीपक घले, तमुधीं यूके आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, तमुधीं यूके सल्लाहकार तथा एनआरएनए आईसीसी सदस्य दिलरास गुरुङ, सहारा यूके अध्यक्ष कृष्ण गुरुङ, निवर्तमान अध्यक्ष ले.रि कुसाङ गुरुङलगायत पुगेका थिए ।