२९ असार २०८२, आईतवार
Follow Us

घट्यो सुनको मूल्य

नेपालब्रिटेन संवाददाता
९ जेष्ठ २०८२, शुक्रबार ०५:५४

काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११०० रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ११ सय रुपैयाँले घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला २००५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

धेरै पढिएको