७ पुष २०८२, सोमबार
Follow Us

एमाले नेता महर धरौटीमा रिहा

नेपालब्रिटेन संवाददाता
७ पुष २०८२, सोमबार १३:०४

काठमाडौँ । एमाले नेता ऐन महर एक लाख धरौटीमा छुटेका छन्। विद्युतीय कारोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसुर गरेको भन्दै महरविरुद्ध जिल्ला अदालत काठमाडौँले एक लाख रुपैयाँ धरौटी माग गरेको हो।

महर एक लाख रुपैयाँ धरौटी बुझाएर अदालतबाट रिहा भएका बताइएको छ ।

सोही कसुरमा महरकी श्रीमती अनुजा श्रेष्ठलाई भने साइबर ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ। महर दम्पतीविरुद्ध रश्मिला बमले विद्युतीय कारोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसुरमा साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्।

धेरै पढिएको