३० श्रावण २०८२, शुक्रबार
Follow Us

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

नेपालब्रिटेन संवाददाता
२५ जेष्ठ २०८२, आईतवार १३:५७

काठमाडौं । प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले संसद अबरोध गरे पछि बैठक सोमवारसम्मका लागि स्थगित गरिएको हो । प्रतिनिधिसभा बैठक अब भोलि २ः०० बजे बस्नेछ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ५ घण्टा ढिलो गरी सुरु भएपनि विपक्षी दलहरूले अवरोध गरे पछि सभामुख देवराज घिमिरले बैठक स्थगित गरेका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा छानबिन समिति बनाउनु पर्ने भन्दै प्रतिपक्षी दलहरूले दुइ हप्ता देखी निरन्तर संसद् अवरोध गर्दै आएका छन् ।

धेरै पढिएको