३० श्रावण २०८२, शुक्रबार
Follow Us

स्कटल्याण्डले नेपाललाई दियो ३२४ रनको लक्ष्य

नेपालब्रिटेन संवाददाता
२५ जेष्ठ २०८२, आईतवार १४:०७

काठमाडौँ । स्कटल्याण्डले नेपाललाई ३२४ रनको लक्ष्य दिएको छ ।आइसीसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउदै ३२३ रन बनाएको हो ।स्कटल्याण्डका लागि कप्तान रिची बेरिङ्टनले १०२ रनको शतक पारी खेलेका थिए । त्यस्तै माइकल लिस्कले अविजित ९६ रन बनाएका थिए । त्यस्तै चार्ली टियरले ६८ रन र मार्क वाटले अविजित २१ रन बनाएका थिए ।नेपाली बलर करण केसी र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिएका थिए भने ललित राजबंशीले एक विकेट लिए ।

धेरै पढिएको