काठमाडौँ। भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन् । तीन दलबीच दुई बुँदे सहमति भएर सदन चलेपछि रास्वपा र राप्रपाले असन्तुष्टि जनाउँदै सदन अवरुद्ध गरेका हुन् ।
रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति बनाउनुपर्ने माग राखिरहेको छ ।
बैठक सुरु भएर सभामुखले विपक्षी दलका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए पनि रास्वपा र राप्रपाका सांसदहरूले उठेर अवरोध गरिरहेका छन्।