काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ दलहरूसँग भएको दुई बुँदे सहमति पालना नभए एक महिनापछि फेरि विरोधमा उत्रिने बताएका छन् ।
शनिबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सदनबाट केही महत्त्वपूर्ण ऐन पारित गर्नुपर्ने भएकोले पनि सहमतिमा जानुपरेको बताउँदै सहमति पालना नभए फेरि विरोधमा उत्रिने बताएका हुन् ।
प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले चेतावनीको भाषा बोलेकोबारे पत्रकारको प्रश्नमा दाहालले त्यसको जिम्मेवार लेखक नै हुने बताए ।
पार्टी उपाध्यक्ष अग्नि सापकोटाको मुद्दासँग गृह मन्त्रीको राजीनामा साट्यो भन्ने आरोपलाई सोझै इन्कार गर्दै उनले यी दुई विषयको कुनै साइनो नरहेको बताए ।