२५ असार २०८२, बुधबार
Follow Us

विश्वकै उत्कृष्ट विद्यालयको सूचिमा नेपालको कोपिला भ्याली स्कुल, वेलायतका २ विद्यालय ‘टप १०’ मा

नेपालब्रिटेन संवाददाता
४ असार २०८२, बुधबार १४:०४

लण्डन । सुर्खेतस्थित कोपिला भ्याली स्कूल विश्वकै ५० उत्कृष्ट विद्यालयको सूचिमा पर्न सफल भएको छ ।

विश्वभर सकारात्मक सामाजिक परिवर्तन ल्याउन प्रेरणा दिने विद्यालयहरूलाई सम्मान गर्न प्रदान गरिने विश्वकै उत्कृष्ट विद्यालय पुरस्कारको बुधवार घोषणा गर्दा सो विद्यालय वातावरण अन्तरर्गत अन्तिम फाइनललिस्टको सूचिमा परेको हो ।

विद्यालयले आफ्नो शैक्षिक मोडेलमा वातावरणीय दिगोपनलाई एक महत्वपूर्ण अंशको रूपमा समेटेको छ । हरित विद्यालय क्याम्पस नामक परियोजनामार्फत विद्यालयले उच्च गुणस्तरीय शैक्षिक र वातावरणीय शिक्षा प्रदान गर्दै आएको छ । सो विद्यालयमा कर्णाली क्षेत्रका ४०० भन्दा बढी कमजोर बालबालिकालाई प्रत्यक्ष लाभ र्पुयाइरहेको छ।

वेलायतको रिभर्स एकेडेमी पश्चिम लन्डन, फेल्थमस्थित एक सरकारी माध्यमिक विद्यालय, स्वस्थ जीवनशैलीको श्रेणीमा उत्कृष्ट १० मा छनोट भएको छ ।

टी–फोर एजुकेशन नामाक संस्थाले गरेको सो सर्वेक्षणमा बेलायतको वन डिग्री एकेडेमी, एनफिल्डस्थित सरकारी अनुदान प्राप्त एक बालबिकास केन्द्र र प्राथमिक विद्यालय, विपत्तिको सामना गर्ने श्रेणीमा उत्कृष्ट १० मा परेको छ।

फेलथामस्थित रिभर्स एकेडेमीले बुधबार स्कुल भवनमा एक विषेश कार्यक्रमको आयोजना गर्दै विद्यालयलाई विश्वकै उत्कृष्ट सूचिमा पुराउन सहयोग गर्ने विद्यार्थी लिडरहरुलाई सम्मान गरेको छ ।

सो विद्यालयमा कक्षा ९ मा अध्यनरत टिया आचार्यले आफ्नो विद्यालय विश्वकै उत्कृष्ठ १० भित्र पर्न सफल भएकोमा प्रशन्नता व्यक्त गरिन् । उनले आफु विद्यार्थी लिडर भएर खेलेको भूमिको विद्यालयले कदर गरेको भन्दै शिक्षक तथा विद्यालय संचालकप्रति आभार व्यक्त गरिन् । कार्यक्रममा ८ समूहमा रहेका विद्यार्थी लिडरहरुले आआफ्नो प्रस्तुती दिएका थिए ।

पुरस्कारका पाँच श्रेणीहरू अन्तर्गत, सामुदायिक सहकार्य, वातावरणीय पहल, नवप्रवर्तन, विपत्तिको सामना, स्वस्थ जीवनशैलीबाट विश्वकै उत्कृष्ट विद्यालयहरुलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यी श्रेणीहरूमा विश्वभरबाट ५० उत्कृष्ट विद्यालयहरू अन्तिम सूचीमा परेका छन्। विजेता विद्यालयहरूलाई निर्णायक समितिले छनोट गर्नेछ। साथै, सबै ५० विद्यालयलाई समुदाय छनोट पुरस्कारको लागि बुधवार देखि सार्वजनिक भोटिङमा राखिएको खुल्ला गरिएको छ ।

यूकेबाट २, यूएईबाट ३, भारतबाट ४ वटा लगायतका विद्यालय विश्वका १० उत्कृष्टको सूचिमा परेका छन् । विजेता विद्यालयहरूको घोषणा आगामी अक्टोवर महिनामा दोहामा गरिने भएको छ ।

 

 

धेरै पढिएको