२५ असार २०८२, बुधबार
Follow Us

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपालब्रिटेन संवाददाता
५ असार २०८२, बिहीबार ०५:४०

काठमाडौं । साताको कारोबारको पाचौँ दिन आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले र चाँदीको मूल्य प्रतीतोला २५ रुपैयाँले घटेको हो ।

बुधबार प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, बुधबार उच्च बिन्दुमा पुगेको चाँदी आज २५ रुपैयाँले घटेर प्रतितोला २२ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

धेरै पढिएको