२५ असार २०८२, बुधबार
Follow Us

इरान र इजरायलबीचको युद्ध झनै चर्किदै

नेपालब्रिटेन संवाददाता
७ असार २०८२, शनिबार ०७:१८

इरान र इजरायलबीचको युद्ध चर्किएको छ । इजरायलले इरानको खोन्डब न्युक्लियर रिएक्टरमा आक्रमण गरेको छ ।

त्यसभन्दा केही घण्टाअघि इजरायलले अराक न्युक्लियर रिएक्टरमा पनि आक्रमण गरेको थियो । दुवै प्लुटोनियम बनाउनका लागि प्रयोग हुने हेभी वाटर रिएक्टर हुन् । यता इरानले इजरायलको च्यानल १४ लाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको मुखपत्र बताउँदै उक्त च्यानलको कार्यालयमा आक्रमण गर्ने धम्की दिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सात दिनको लडाइँमा अहिलेसम्म इजरायलमा २४ जना मारिएका छन् ६ सय भन्दा बढी घाइते भएका छन् । यता इरानमा ६ सय ३९ जना मारिएका छन् भने १३ सय २० जनाभन्दा बढी घाइते भएका छन् ।

इजरायली सेनाले इजरायलतर्फ आउने क्षेप्यास्त्र नष्ट गर्ने गरिरहेको समाचारमा उल्लेख छ ।

धेरै पढिएको