८ भाद्र २०८२, आईतवार
Follow Us

‘अब जुत्ता लगाउँछु, दाह्री काट्छु’

नेपालब्रिटेन संवाददाता
८ असार २०८२, आईतवार १३:३१

काठमाडौं । सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौंसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज (आइतबार) प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन ।

अभियानकर्मी बोहराले आज प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा पुगेर प्रधानमन्त्री ओली सँगभेटवार्ता गरेका हुन । कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१ औँ दिनमा यही असार ३ गते काठमाण्डूमा आइपुगेका थिए ।

सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका बोहराले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आजमात्रै भेट पाएका हुन् । बोहराले प्रधानमन्त्री ओलीलाई आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिका आदिका समस्या र समस्या समाधानका लागि गरिएका पहलबारे अवगत गराए ।

प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीरलाई धेरै दुःख नदिइ आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले आफ्ना कुराहरू सुनाउन पाएकामा हर्ष व्यक्त गर्दै पहिलो चरणको अभियान पूरा भएकाले अब जुत्ता लगाउने, दाह्री काटेर नयाँ स्वरुपमा अघि बढ्ने बताए ।

धेरै पढिएको