२५ असार २०८२, बुधबार
Follow Us

विश्वभर एनआरएनए सदस्यता वितरण उत्साहजनक (तथ्यांक सहित)

नेपालब्रिटेन संवाददाता
८ असार २०८२, आईतवार १६:४९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सन् २०२५–२०२७ कार्यकालका लागि सदस्यता संकलनको प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ।

२०२५ जुन २२ सम्मको विवरणअनुसार संघमा ४६ हजार ५ सय ७० जना सदस्यता स्वीकृत भइसकेका छन्। एनआरएनए उपाध्यक्ष हेमराज शर्माका अनुसार ८ हजार ८ सय २४ नयाँ सदस्यता आवेदनहरू स्वीकृतिको प्रक्रियामा रहेको छ।

विश्वभर रहेका नेपालीहरूको सक्रिय सहभागिता र संघप्रति विश्वास झल्काउने यस सदस्यता संकलन प्रक्रियाले गैरआवासीय नेपालीहरूको साझा मञ्च एनआरएनएप्रतिको आकर्षण अझ बढेको देखाएको छ।

संघले प्रवासी नेपालीहरूको हकहितको संरक्षण, लगानी प्रवर्द्धन, नेपाली संस्कृतिको प्रवाह तथा नेपालसँगको सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

संघले आगामी दिनमा थप अद्यावधिक विवरण सार्वजनिक गर्ने जनाएको छ।

देश अनुसार सदस्य संख्या:
१. जापान – १८,४०० जना
२. अष्ट्रेलिया -१४,४९६ जना
३. अमेरिका -१,८८० जना
४. क्यानडा -१,५८५ जना
५. संयुक्त अरब इमिरेट्स (UAE) – १,३८१ जना
६. साउदी अरेबिया – २,६६१ जना
७. युकेको सदस्य संख्या – १,०८३ जना
क्षेत्रगत सहभागिता औसतमा
एशिया प्यासिफिक – ४०.८%
ओसिनिया –३३.२%
मध्य पूर्व – ९.१%
युरोप – ८.४%
अमेरिका क्षेत्र –७.४%
अफ्रिका – १.१%

धेरै पढिएको