२५ असार २०८२, बुधबार
Follow Us

वडाध्यक्ष र वडा सदस्यको निधन

नेपालब्रिटेन संवाददाता
९ असार २०८२, सोमबार १४:१८

काठमाडौं । उदयपुरको रौतामाई गाउँपालिका–२ का वडाअध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका–३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ ।

रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापा क्षेत्रीका अनुसार वडा २ का वडाअध्यक्ष दाहालको ६८ वर्षको उमेरमा उपचारका क्रममा काठमाण्डूको त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ।

यस्तै, ताप्ली गाउँपालिका–३ का वडा सदस्य ३९ वर्षीय छविजर्घा मगरको शनिबार निधन भएको ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विकले बताए । उनले लामो समयदेखि बिरामी थिए।

धेरै पढिएको