२५ असार २०८२, बुधबार
Follow Us

साउथ सूडानमा एनआईएसमार्फत एनआरएनए सदस्यता वितरण सुरु

नेपालब्रिटेन संवाददाता
११ असार २०८२, बुधबार १९:२०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) साउथ सूडानमा नयाँ महाधिवेशनको तयारीस्वरूप सदस्यता वितरण सुरु गरिएको छ।

संघका स्थानीय अभियन्ता रामप्रसाद पाद्याका अनुसार नयाँ कार्यकालका लागि प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको हो। उनका अनुसार, सन् २००३ मा समृद्ध नेपालको परिकल्पना सहित स्थापित एनआरएनएको मूल उद्देश्यलाई साकार पार्ने जिम्मेवारी सम्पूर्ण नेपाली समुदायको काँधमा छ।

पाद्याले भने, “एनआरएनए अभियान सफल बनाउन हामी सबैको उत्तिकै भूमिका हुन्छ। विगतमा देखिएका कमजोरीहरू सुधार गर्दै संस्थालाई अझ मजबुत बनाउन हामी सबैले सक्रिय भएर लाग्नुपर्छ।”

एनआरएनए साउथ सूडान शाखाले आगामी जुन २७ सम्म सदस्यता लिन सकिने जनाएको छ। संघले सबै नेपालीलाई ऐतिहासिक अभियानमा सहभागी भई संस्थाको दिगो भविष्य निर्माणमा हातेमालो गर्न पञ्जीकृत सदस्य बन्न आह्वान गरेको छ।

धेरै पढिएको