२५ असार २०८२, बुधबार
Follow Us

युगान्डामा एनआरएनएको प्रमुख निर्वाचन आयुक्तमा कंडेल नियुक्त

नेपालब्रिटेन संवाददाता
११ असार २०८२, बुधबार १९:३२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युगान्डाको आसन्न निर्वाचनका लागि प्रमुख निर्वाचन आयुक्त नियुक्त गरिएको छ।

संघकी अध्यक्ष रमा अर्यालका अनुसार संस्थाका प्रमुख संरक्षक रमेश कंडेललाई निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको हो। कंडेलले निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र सफलतापूर्वक सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

निर्वाचन समितिमा कंडेलसँगै पूर्व अध्यक्ष विनोद थापा र अफ्रिका क्षेत्रका पूर्व उपसंयोजक एकनाथ खतिवडा सदस्यका रूपमा रहेका छन्।

गैरआवासीय नेपाली संघ युगान्डाको निर्वाचन जुलाई १३ तारिखमा हुने तय भएको छ।

धेरै पढिएको