२५ असार २०८२, बुधबार
Follow Us

एनआरएनए केन्द्रीय समितिको बैठक बस्दै, निर्वाचन प्रमुख आयुक्त नियुक्ति हुने

नेपालब्रिटेन संवाददाता
११ असार २०८२, बुधबार २०:४५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को केन्द्रीय समिति बैठक बस्न लागेको छ।

संघका महासचिव गौरीराज जोशीका अनुसार आउँदो अक्टोबरमा हुन लागेको अन्तर्राष्ट्रिय महाधिवेशनको तयारीका लागि उक्त बैठक आह्वान गरिएको हो।

भरर्चुअल माध्यमबाट आगामी शनिबार हुने बैठकले नयाँ नेतृत्व चयन गर्नका लागि उच्चस्तरीय निर्वाचन समिति गठन गर्ने तयारी गरेको छ। साथै, बैठकले संघको विधानअनुसार राष्ट्रिय समितिमा भइरहेको सदस्यता वितरण र केन्द्रीय प्रतिनिधि चयन प्रक्रियामा पारदर्शिता र नियमितता कायम गर्न एक अनुगमन समिति गठन गर्ने प्रस्ताव पनि राखिएको छ।

धेरै पढिएको