२५ असार २०८२, बुधबार
Follow Us

काठमाडौँको विष्णुमती नदीमा कारसहित बगेकी महिलाको सकुशल उद्धार

नेपालब्रिटेन संवाददाता
१२ असार २०८२, बिहीबार ०६:०५

काठमाडौँ । काठमाडौँको टोखामा विष्णुमती खोलाको बाढीले कारसहित बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

काठमाडौँको टोखा नगरपालिका ग्रान्डी अस्पताल नजिकबाट दाङ तुलसीपुर घर भएका हाल टोखा बस्ने ३४ वर्षीया भावना ओलीलाई नेपाल प्रहरी टोली र स्थानीयवासीले सकुशल उद्धार गरेका हुन् ।

बाग्मती प्रदेश ०३१ च ६१४१ नम्बरको कार गएराति सवा ८ बजेतिर एक्कासि खोलामा खसेको थियो । प्रहरीका अनुसार गाडी खोलामा खस्नासाथ उनी किनारामा हाम फालेका थिए । तर गाडीभित्रै रहेकी भावना ओली भने बाहिरिन नसकेपछि कारसँगै बगेकी थिइन् ।

गाडी भित्र रहेकी ओली गाडीसहित बगिरहेको देखेपछि प्रहरीले पछ्याउँदै गएर बानियाटार पुलबाट उद्धार गरेको हो । हाल उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । खोलाले बगाएको कार क्रेनको सहायताले निकालिएको छ ।

धेरै पढिएको