काठमाडौँ । साताको अन्तिम सेयर कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ।
नेप्से परिसूचक ४.४५ अंकले घटेर २५९५.७४ विन्दुमा झरेको छ। अघिल्लो दिन बुधबार नेप्से परिसूचक ०.३३ अंकले घटेर २६००.२० विन्दुमा अडिएको थियो। त्यसअघि मंगलबार परिसूचक ०.२२ अंकले घटेर २६००.५३ विन्दुमा पुगेको थियो।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३२.९३ अंकले घटेको थियो। सोमबार भने ४.७८ अंकले बढेको थियो।
यसदिन कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको छ यसदिन ३०६ स्क्रिप्सको १ करोड ९६ लाख ५० हजार २१० कित्ता सेयर ७ अर्ब ७८ करोड २ लाख ४२ हजार २४३ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ५ अर्ब ९४ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।