काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक यो साताभरि ३३ अंकले घटेको छ ।
साताको पहिलो दिन आइतबार कारोबार सुरु हुँदा २६८१.९१ अंकमा रहेको नेप्से बिहीबार कारोबार बन्द हुँदा २५९५.७४ अंकमा झरेको हो ।
यो साता नेप्सेसँगै निश्चित मादण्ड तोकिएका कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.५ अंकले घटेको नेप्सेले जनाएको छ । सेन्सेटिभ इन्डेक्समा वर्गीकृत हुने कम्पनीको मापदण्डमा २ करोड चुक्ता पूँजी भएको, १ हजारभन्दा धेरै सेयरधनी भएको, निरन्तर तीन वर्ष नाफामा गएको, अंकित मूल्यभन्दा नेटवर्थ धेरै भएको लगायत छन् ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिको पर्खाइमा रहेका सेयर लगानीकर्ता यो साता खासै उत्साहित हुन सकेनन् । राष्ट्र बैंकले चालु पूँजी कर्जाको पूर्ण कार्यान्वयन गर्ने अवधि बढाएपछि लगानीकर्ता केही सकारात्मक देखिए पनि त्यो धेरै दिन टिकेन । राष्ट्र बैंकको आगामी मौद्रिक नीतिमा खुकुलो कर्जा नीति लिएको खण्डमा बजारमा सुधार आउने लगानीकर्ताको अपेक्षा छ ।
चालु आव अन्तिम महिना भएकाले बैंकहरूले पनि कर्जा असुली बढाउने, लगानीकर्ताले पनि कारोबार राफसाफका लागि सेयर बिक्री गर्दा पनि सेलिङ प्रेसर देखिएको हो । त्यसले पनि यो साता बजार घट्नमा मद्दत गरेको हो ।
त्यसैगरी चालु आव अन्तिम समय भएकाले सूचीकृत कम्पनीको कार्यसम्पादन नतिजा आउने तथा लाभांशको पनि पूर्वानुमान गर्न सकिने भएकाले लगानीकर्ता लगानी बढाउन भन्दा बिक्री गरेर कारोबार मिलाउने तर्फ लाग्दा बजार घटेको हो ।