२५ असार २०८२, बुधबार
Follow Us

चट्याङले छोरीको मृत्यु, आमा घाइते

नेपालब्रिटेन संवाददाता
१४ असार २०८२, शनिबार ०४:५३

काठमाडौं । मकवानपुको राक्सिराङ गाउँपालिका–८ माईसिराङमा शुक्रबार साँझ परेको चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ । मृत्यु हनेमा ६ वर्षीया एनिका चेपाङ रहेको कमवानपुर प्रहरीले जनाएको छ । चट्याङ लागेर मृतककी आमा २५ वर्षीया रबिनासहित चार जना घाइते भएका छन् ।

चट्याङ लागेर गम्भीर घाइते भएका आमाछोरीलाई राति नै उपचारका लागि मनहरी अस्पताल लगिएको थियो । बालिकाको उपचारका क्रममा मृत्यु भएको हो ।

राक्सिराङकै चोराङमा पनि चट्याङ लागेर तीन जना घाइते भएका छन् ।

धेरै पढिएको