काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे विशेष कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष के.पी. शर्मा ओली तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मदन भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो । २०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जानेक्रममा दासढुङ्गा दुर्घटनामा भएको जिप दुर्घटनामा भण्डारीसहित एमाले सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।