२५ असार २०८२, बुधबार
Follow Us

युद्धमा मारिएका ६० जना उच्च इरानी अधिकारीको सामुहिक अन्त्येष्टि

नेपालब्रिटेन संवाददाता
१५ असार २०८२, आईतवार ०६:३२

इरानले इजरायलसँगको १२ दिने युद्धको क्रममा मारिएका ६० जनाको सामूहिक अन्त्येष्टि गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सैन्य अधिकारी तथा आणविक वैज्ञानिकको सामूहिक अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि गरिएका मध्य इरानी सैन्य प्रमुख मोहम्मद बागेरी लगायत छन् । सो क्रममा तेहरानको उन्गेलाव चोकमा उपस्थित सर्वसाधारणले वैज्ञानिकप्रति समवेदना व्यक्त गरेका थिए ।

चोकमा राखिएको उनीहरूको शवमा राष्ट्रिय झन्डा ओढाएर सम्मान प्रकट गरिएको थियो । अन्त्येष्टि कार्यक्रममा इरानका प्रधानमन्त्री मसुद पजेस्कियन तथा सर्वोच्च नेता आयतुल्लाह खोमिनीका सल्लाहकार अलि सङ्खमणि उपस्थित थिए । कार्यक्रममा सरिक हुनका लागि सञ्चार माध्यम मार्फत खबर गरिएको थियो भने निःशुल्क बसको व्यवस्था गरिएको थियो ।

इजरायल आक्रमणबाट ६ सय २७ जना इरानीको मृत्यु भएको छ । युद्धमा मारिने अन्य शीर्ष व्यक्तिमा इरानी आर्म रेभुलेसनरी गाड आइएआरजीका प्रमुख हुसेन सलामीको साथमा वैज्ञानिक मोहम्मद मृहद तेरान्ची लगायत रहेको समाचारमा उल्लेख छ ।

धेरै पढिएको