२५ असार २०८२, बुधबार
Follow Us

एनआरएनए आयरल्याण्डमा अनलाइन भोटिङ्ग हुने

नेपालब्रिटेन संवाददाता
१६ असार २०८२, सोमबार १९:४३

निर्वाचन जुलाई १५ मा हुने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्यान्डको आगामी कार्यकालको निर्वाचन जुलाई १५ तारिखमा हुने भएको छ। निर्वाचन समितिले स्मार्ट एनआरएनए अन्तर्गतको एमआईएस प्रणालीमार्फत अनलाइन मतदानको तयारी भइरहेको जनाएको छ।

निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता भोलि मंगलवारदेखि सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ। निर्वाचनमा भाग लिन हालसम्म १,४०१ जनाले आफ्नो नाम एनआरएनएको एमआईएसमा दर्ता गराइसकेको निर्वाचन समितिले जनाएको छ।


धेरै पढिएको