एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्ध विरामका लागि तयार भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले इजरायलले गाजामा युद्ध विरामका लागि गरेको प्रस्ताव स्वीकार गरेको दाबी गरेका हुन् । राष्ट्रपति ट्रम्पले गाजामा हुने ६० दिने युद्ध विरामको समयमा युद्धको पूर्ण अन्त्यका लागि प्रयास गर्ने सामाजिक सञ्जाल ट्रुथ सोसलमा उल्लेख गरेका हुन् ।
राष्ट्रपति ट्रम्पले कतार र इजिप्टले युद्ध विरामका लागि धेरै प्रयास गरेकाले पूर्ण शान्तिका लागि धेरै मिहिनेत गर्नु परेको उल्लेख गरेका छन् । हमासले अझ धेरै खराब अवस्था आउन नदिनका लागि यसलाई स्वीकार गर्ने विश्वास उनको छ । अहिलेसम्म युद्धको विरामका शर्त तथा हमासको प्रतिक्रिया सार्वजनिक भएको छैन ।
ट्रम्पले अब गाजामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमण बन्द गर्ने अपेक्षा गरेका छन् । उनले अर्को साता नेतान्याहुले वार्ता हुनसक्ने समेत बताएका छन् । नेतान्याहुले उत्तरी गाज खाली गर्न निर्देशन गरेको लगत्तै ट्रम्पको यो पोस्ट सार्वजनिक भएको हो ।