२८ असार २०८२, शनिबार
Follow Us

छुरा प्रहार गरी ज्वाइँले गरे ससुराको हत्या

नेपालब्रिटेन संवाददाता
१८ असार २०८२, बुधबार १४:२७

काठमाडौं । धनुषामा छुरा प्रहार गरी एक वृद्धको हत्या भएको छ । हत्या भएका वृद्धलाई आफ्नै ज्वाइँले छुरा प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय जनकपुरका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने ६५ वर्षीय वासुदेवप्रसाद विमलको हत्या भएको हो ।

विमललाई उनकै ज्वाइँ जनकपुरधाम–२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले आज बिहान १० बजे घरमै छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जग्गासम्बन्धी घरायसी विवादका कारण बेचनले ससुरालाई घरमै छुरा प्रहार गरेका हुन् । ज्वाँइले पेटमा चक्कु प्रहार गरेपछि ससुरा गम्भीर घाइते भएका थिए ।

उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्‍याइएको भए पनि चिकित्सकले ससुरालाई मृत घोषणा गरेका थिए । घटनापश्चात चक्कु प्रहार गर्ने ज्वाइँ बेचन फरार छन् ।

धेरै पढिएको