काठमाडौं । भोजपुरको रामप्रसादराई गाउँपालिका-२ धोद्लेखानीमा एउटै घरमा चार जनाको हत्या भएको छ ।
भोजपुर नगरपालिका-२ घर भएका राजेन्द्र राई (ज्वाइँ)ले श्रीमती, सासू ससुरा र सालोको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक उमेश यादवले जनाकारी दिए ।
यादवका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको हत्या भएको छ । ज्वाइँ राईले गए राती करिब १ बजेतिर ससुरा बेलबहादुर, सासू मञ्जु, श्रीमती मनिषा र सालो सपनसहित चार जनाको हत्या गरी आफैले प्रहरीलाई खबर गराएको प्रहरीले जनाएको छ ।
तत्कालै घटनास्थलमा प्रहरी परिचालन गरिँदा घटनास्थलमा घाइते अवस्थामा राजेन्द्रलाई भेटिएका थिए । घाइते अवस्थामा भेटिएका राजेन्द्रलाई पेटलगायत भागमा धारिलो हतियारको चोट लागको प्रहरीले जनाएको छ। उनको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।
घटनास्थलमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।