काठमाडौं । काठमाडौंमा गाडी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका–१ का स्कुटर चालक सोनाम योञ्जन छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका योञ्जनलाई उपचारका लागि ग्राण्डी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
बा. प्र०१–००२ज७३७८ नम्बरको गाडी र बाप्र०२–०४४ प ६४०५ नम्बरको स्कुटर आसपमा ठोक्किएर दुर्घटना भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिल बोहराले बताए ।