नारायण भण्डारी। अस्टिन टेक्सास।
टेक्सास राज्यको मध्यभागमा पर्ने हिल काउन्टी क्षेत्रमा जुलाईको पहिलो साता भएको भिषण बर्षाको कारण आएको बाढीबाट हालसम्म ११० जनाको ज्यान गएको पुष्टि भएको छ भने एक सय साठी भन्दा बढि मानिसहरु हराई रहेका छन । मृत्यु हुनेहरुमा तिसजना भन्दा बढि बालबालिकाहरु रहेका छन ।
यहॅाका स्थानिय संचार माध्यमहरुबाट दिईएको सामाचार अनुसार हिल काउन्टी क्षेत्रका केर काउन्टीमा सबै भन्दा बढि मानविय क्षति भएको छ । यहॅा ५७ जना तन्देरीहरु र ३० जना वालवालिकाहरुको बाढिमा परि मृत्यु भएको बताईएको छ । त्यसैगरि ट्राभिस काउन्टीमा ८ जना, वरनेट काउन्टीमा ५ जना,केण्डल काउन्टीमा ७ जना, विलियम्सन काउन्टीमा ३ जना र टम ग्रिन काउन्टीमा १ जनाको ज्यान गएको एनविसी समाचारले उल्लेख गरेको छ ।
बाढिग्रस्त क्षेत्रमा हराईरहेका मानिसहरुको खोजी कार्य तिव्र पारिएका छन । हराईरहेका मानिसहरुलाई जीवीतै फेला पार्ने संभावना कम हुदै गएको उद्दारकर्मीहरुलाई उदृत गर्दै समाचारहरुमा बताईएको छ ।
यहॅाका विध्यालयमा ग्रिस्मकालिन बिदा रहेकाले साना बालबालिकाहरु स्थानिय खोला र नदिका किनारहरुमा रहेका क्याम्पमा बस्न गएका वेला रातको समयमा अचानक आएको बाढीले क्याम्प घरहरु वगाएको थियो । त्यसैगरि बाढीले कैयौ घर र बस्तीहरु बगाएको छ । यति ठुलो बर्षा र बाढीको पूर्व सुचना नदिएका कारण जनधनको ठुलो क्षति हुन पुगेको हो ।
मंगलबार सॅाझ सम्मको पछिल्लो जानकारीहरु समेटेर विविसीले दिएको समाचार अनुसार हराईरहेका मानिसहरुको संख्या यकिन हुन सकेको छैन । जसमा सबैभन्दा ठुलो मानविय क्षति भएको केर काउन्टीमा रहेको मेस्टीक क्याम्प र क्रिस्चियन गर्ल समर क्याम्पबाट २७ जना युवतीहरु र अन्य ६ जना मानिसहरु अझै हराईरहेका छन ।
घटना लगत्तै टेक्सासका गभर्नर ग्रेग एवटले मानिसहरुको जीवीतै उद्दार गर्न ठुलो संख्यामा उद्दारकर्मीहरु, प्रहरी र स्टेट सैनिक परिचालन गरेका थिए ।
अकस्मातको बर्षा र बाढीबाट भएको क्षतिको पूर्ण बिबरणहरु आएको छैन । तर मौसम बिभागले समयमै सुचनाहरु जारी गर्न नसकेको बिषयलाई लिएर यहॅा ठुलै राजनितिक बहस हुने देखिन्छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले कर्मचारी कटौती गरेका कारण जनतामा समयमै चेतावनीका सूचना पुर्याउन नसकेका कुरा आलोचनाको बिषय वनाईए पनि राष्ट्रपति भवनले यसलाई अस्विकार गरेको छ ।