१० भाद्र २०८२, मंगलवार
Follow Us

स्वस्तिक लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला

नेपालब्रिटेन संवाददाता
२७ असार २०८२, शुक्रबार ०५:५६

काठमाडौँ। स्वस्तिक लघुवित्त वित्तीय संस्थाले वैदेशिक रोजगारमा रहेकाहरूका लागि आजदेखि आईपीओ निष्कासन गर्ने भएको छ । यस कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेकाहरूका लागि २३ हजार १ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

वैदेशिक रोजगारमा रहेकाहरूका लागि आईपीओ बाँडफाँट भएपछि सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता साधारण सेयर निष्कासन हुनेछ ।

वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० तथा अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । साउन ९ गतेसम्म अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ ।

धेरै पढिएको