१२ भाद्र २०८२, बिहीबार
Follow Us

एनआरएनए यूकेको उपाध्यक्षमा तिलक भट्टराईको उम्मेदवारी दर्ता

नेपालब्रिटेन संवाददाता
२९ असार २०८२, आईतवार ११:५३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको उपाध्यक्ष पदका लागि तिलक भट्टराईले उम्मेदवारी दर्ता गरेका छन्।

आइतवार उनले निर्वाचन समितिको कार्यालयमा प्रत्यक्ष उपस्थित भई उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्तापछि भट्टराईले भने, “गैरआवासीय नेपाली संघको अभियानबाट आफू अलग रहन सक्दैन, त्यसैले अभियानमा निरन्तरता दिन उम्मेदवारी दिएको हुँ।”

भट्टराई हाल एनआरएनए यूकेको वर्तमान कार्यसमितिमा सचिवको जिम्मेवारीमा छन्।

संघको आगामी निर्वाचन यही जुलाई २६ तारिखमा अनलाइनमार्फत हुने तय भएको छ।

धेरै पढिएको