१२ भाद्र २०८२, बिहीबार
Follow Us

७८ लाख घुस काण्डमा मुछिएका दुई मन्त्रीविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता

नेपालब्रिटेन संवाददाता
२९ असार २०८२, आईतवार १४:०९

काठमाडौँ । ७८ लाख रुपैयाँ घुस काण्डमा मुछिएका सामान्य प्रशासन मन्त्री राज कुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई कडा कारबाही गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता भएको छ।

आइतबार युवराज सफलले सो उजुरी प्रधानमन्त्री कार्यालयमा दर्ता गराएका हुन्। उजुरीमा दुवै मन्त्रीमाथि भ्रष्टाचार र सार्वजनिक पदको दुरुपयोग गरेको आरोप लगाइएको छ।

सफलले प्रधानमन्त्री तथा सम्बन्धित निकायलाई द्रुत र कडाइका साथ अनुसन्धान गरी दोषीहरूलाई कारबाही गर्न आग्रह गरेका छन्। उनले भने, “सरकारले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्ने अवस्था आएको छ, मन्त्रीहरूको भ्रष्टाचारले जनआस्थामा गम्भीर असर परेको छ।”

धेरै पढिएको