१२ भाद्र २०८२, बिहीबार
Follow Us

एनआरएनए यूकेको अध्यक्षमा कासीराम भण्डारीको उम्मेदवारी दर्ता

नेपालब्रिटेन संवाददाता
२९ असार २०८२, आईतवार १४:३३

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्ष पदका लागि कासीराम भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्।

भण्डारीले आइतवार दिउँसो अनलाइन माध्यमबाट अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको पुष्टि गरेका छन्। “निर्वाचन समितिले तोकेको मापदण्ड पूरा गरेर तोकिएको समयभित्र उम्मेदवारी दर्ता गरेको छु। वेलायतवासी नेपाली समुदायको सहयोगको अपेक्षा गरेको छु,” उनले नेपालब्रिटेन डट कमसँग भने।

यसअघि स्कटल्याण्डबासी नेपालीहरूले उनलाई साझा उम्मेदवारका रूपमा अघि सारेपछि भण्डारीले चुनावी प्रतिस्पर्धामा उत्रिने निर्णय गरेका थिए। उनले स्कटल्याण्डबासीको चाहना र सहमतिका आधारमा आइतवार उम्मेदवारी दर्ता गर्ने निर्णयमा पुगेको जानकारी दिए। उनले आफ्नो औपचारिक प्रतिबद्धता उम्मेदवारी दर्तापछि सार्वजनिक गर्ने बताएका छन्।

भण्डारी यसअघि एनआरएनए स्कटल्याण्ड राज्य परिषद्को अध्यक्ष समेत भइसकेका छन्। गुल्मी जिल्लाका स्थायी बासिन्दा भण्डारी वेलायतमा एक सफल व्यापारीको रूपमा परिचित छन्।

धेरै पढिएको