गैरआवासीय नेपाली संघ (NRNA) युगान्डाको २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन भएको छ। निर्वाचन आइतवार, जुलाई १३ तारिखमा कम्पालास्थित क्युब प्लाजा भवनमा रहेको संघको कार्यालयमा सम्पन्न भएको थियो।
निर्वाचन समितिका प्रमुख श्री रमेश कंडेलले नवनिर्वाचित पदाधिकारीहरूको नाम सार्वजनिक गर्दै अध्यक्षमा रमा अर्याल, वरिष्ठ उपाध्यक्षमा राजु थापा, उपाध्यक्षमा तारा (इन्दु) गिरी, महासचिवमा मालती राना मगर, सचिवमा मुकेश मेहता, कोषाध्यक्षमा बालकृष्ण सुनार, प्रवक्तामा हरि कटुवाल तथा युवा संयोजकमा टोप बहादुर आले निर्वाचित भएको घोषणा गरे । यस्तै, कार्यसमिति सदस्यहरूमा शाहीर कंडेल, सन्तोष विश्वकर्मा, नरेन्द्र शाही र गोविन्द भट्ट चयन भएका छन्।
निर्वाचन परिणाम घोषणा पश्चात अध्यक्ष पदमा निर्वाचित रमा अर्याललाई निर्वाचन प्रमुख कंडेलले शपथ ग्रहण गराए, जसपश्चात अध्यक्ष अर्यालले सम्पूर्ण पदाधिकारीहरूलाई संविधानबमोजिम शपथ गराइन्।