३० असार २०८२, सोमबार
Follow Us

सुनसरीमा भिनाजुले गरे गोली हानी सालीको हत्या

नेपालब्रिटेन संवाददाता
३० असार २०८२, सोमबार ०६:४४

काठमाडौँ । सुनसरीको हरिनगर गाउँपालिकामा भिनाजुले सालीको गोली हानी हत्या गरेका छन् । हरिनगर गाउँपालिका-६ घुस्कीमा आइतबार राति १ बजे गोली प्रहार गरी भिनाजु आजाज मियाँले १८ वर्षीय अर्चना खातुनको हत्या गरेको हो ।

घरमा मृतक खातुन र उनीकी बहिनी मात्रै बस्दै आएका थिए । राती २ बजे भिनाजु मियाँले साली खातुनको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार हत्यामा संलग्न अजात आपराधिक पृष्ठभूमिको देखिएको छ भने अघि उनी चोरी कार्यमा संलग्न रहेको थियो ।गोली प्रहार गरेलगत्तै आरोपी मियाँ फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ । भारतको सुपौल र सुनसरीको हरिनगर नाकासहित सीमावर्ती क्षेत्रमा खोजतलास र निगरानी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

धेरै पढिएको