३० असार २०८२, सोमबार
Follow Us

ट्रम्प दोस्रो राजकीय भ्रमणमा बेलायत जाने

नेपालब्रिटेन संवाददाता
३० असार २०८२, सोमबार १२:५७

लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत जाने भएका छन् । बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलाको राजकीय भ्रमणको निम्तो उनले स्वीकार गरेको बकिङघम प्यालेसले भनेको छ ।

सेप्टेम्बर १७ देखि १९ सम्म हुने उनको भ्रमणमा पत्नी मेलनिया ट्रम्प पनि जाने बताइएको छ । बकिङघम प्यालेसको मर्मत सम्भारको काम चलिरहेकोले ट्रम्प दम्पत्रि विन्डसर दरबारमा बस्नेछन् ।

ट्रम्पको पहिलो कार्यकालमा उनी बेलायत जादा एलिजावेथ द्वितीयाबाट उनको आतिथ्य भएको थियो । दोस्रो कार्यकालका राष्ट्रपतिलाई प्रायः राजकीय भ्रमणको निम्तो गरिँदैन । बरु उनीहरूलाई राजासँग चिया वा खाजाको लागि मात्रै बोलाइन्छ ।

अहिलेसम्म यस भ्रमणको पूरा विवरण बाहिर आइसकेको छैन । गएको हप्ता चाल्र्स तृतीयाको राजकीय भ्रमणको निम्तो मान्न फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँलाई विन्डसर पुगेका थिए ।

धेरै पढिएको