३० असार २०८२, सोमबार
Follow Us

विद्याको पक्षमा स्ट्याटस लेख्ने युवा संघ अध्यक्षलाई एमालेले सोध्यो स्पष्टीकरण

नेपालब्रिटेन संवाददाता
३० असार २०८२, सोमबार १३:०४

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत आगामी दशौं महाधिवेशनबाट पार्टीको नेतृत्व विद्या भण्डारीले गर्नुपर्ने मत राख्दै आएका राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई स्पष्टीकरण सोधिएको छ ।

खरेललाई युवा संघका महासचिव महेश चौलागाँइले स्पष्टीकरण सोधेका हुन् । असार २५ गते सोधिएको स्पष्टीकरणमा सामाजिक सञ्जालमा पार्टी नेतृत्वलाई लाञ्छना र मानहानि गर्ने गरेको दाबी गरिएको छ । अध्यक्ष खरेललाई संगठनको दशौं महाधिवेशनमा अध्यक्ष मण्डलका सदस्यमाथि अभद्र व्यवहार गरेको समेत उल्लेख छ ।

स्पष्टीकरणमा संगठनको धारा ४१ र ४२ (क) र (ख) अनुसार कारवाही गर्न नपर्ने कारण भौतिक रूपमै उपस्थित भइ पेश गर्न भनिएको छ । अध्यक्ष खरेलले स्पष्टीकरण सोधिएको भोलिपल्ट नै ३ पन्ने जवाफ पेश गरेका छन् ।

उनले महाधिवेशनमा अध्यक्षमा सुमन पुरीलाई समर्थन गरेको तर, कसैलाई अभद्र व्यवहार नगरेको जवाफ फर्काएका छन् । सामाजिक सञ्जालमा नेतृत्व परिवर्तनको कुरा उठाउँदा आफूलाई स्पष्टीकरण सोधिएको दाबी गरेका छन् ।

धेरै पढिएको