लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। २६ जुलाईमा हुने निर्वाचनका लागि आइतबार भएको मनोनयन दर्तामा ५५ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन समितिले सोमवार प्रकाशन गरेको पहिलो नामावली अनुसार अध्यक्षमा ४ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्ष पदका उम्मेदवारमा एनआरएनएका पूर्व आइसीसी सदस्य राजेन्द्र पुडासैनी, एनआरएनए स्कटल्याण्ड राज्य परिषद्का पूर्वअध्यक्ष तथा व्यवसायी कासीराम भण्डारी, यूकेका वर्तमान उपाध्यक्ष मनिष क्षेत्री र महासचिव गोविन्द खरेल रहेका छन्।