काठमाडौं । दाङमा भएको छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ । जसमा दुईजनाको नदीमा डुबेर र दुईजनाको मोटरसाइकल दुर्घटनामा ज्यान गएको हो ।
बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर तुलसीपुरका दुई किशोरको मृत्यु भएको छ । बबई गाउँपालिका–४ पुरन्धारा छहरा नजिकै नदीमा पौडी खेल्ने क्रममा तुलसीपुर उपमहानगरपालिका–२ का १७ वर्षीय विधान केसी र सोही ठाउँका १६ वर्षीय कुशल बुढामगरको मृत्यु भएको हो ।
त्यसैगरी मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु भएको छ । रामपुर–घोराही सडकको सिस्नेखोला पुलमा दुर्घटनामा परी गढवा गाउँपालिका–८ का १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विकको मृत्यु भएको हो ।
दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी दाङले जनाएको छ । रामपुरबाट घोराहीतर्फ आउँदै गरेको रा७प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा बेलुका ७ बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।