३१ असार २०८२, मंगलवार
Follow Us

गुप्तालाई पक्राउ गरेर छानबिन गरियोस्ः राप्रपा

नेपालब्रिटेन संवाददाता
३१ असार २०८२, मंगलवार १४:३९

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज मात्रै पदबाट राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गर्न माग गरेको छ ।

आज (मंगलबार) बसेको को प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले यस्तो माग गरेका हुन । उनले गुप्ताले मन्त्री पदबाट राजीनामा दिएर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर छानबिन गर्न माग गरे ।

बहालवाला मन्त्रीले घूसको डिल गरेको अडियो सार्वजनिक हुने बेलासम्म छानबिन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग के हेरेर बसेको छ भन्ने प्रश्न समेत गरे ।

धेरै पढिएको