३२ असार २०८२, बुधबार
Follow Us

बागलुङमा पर्यटक बढाउने उदेश्यका साथ पद मार्ग निर्माण

नेपालब्रिटेन संवाददाता
३२ असार २०८२, बुधबार ०७:०३

बागलुङ । बागलुङमा धार्मिक बाह्य तथा आन्तरिक पर्यटक बढाउने उदेश्यका साथ पद मार्ग निर्माण अघि बढेको छ ।

सर्वसिद्विधाम पन्चकोट घुम्न जाने पर्यटकलाई लक्षित गरी बागलुङ नगरपालिका वडा नम्बर ६ मा पक्की पदमार्ग निर्माण थालिएको हो । पर्यटनमन्त्रालयबाट आएको बजेटबाट २ सय ५० मिटर पक्की पदमार्ग निर्माण भएको छ ।

बागलुङ नगरपालिका–६ लहरेपिपल देखि सर्वसिद्विधाम पन्चकोट सम्म सहजरूपमा हिडेर जान चाहने पर्यटकको लागी पाँच सय मिटर लामो रेलिङ सहितको पैदलमार्ग निर्माणको योजना छ ।

पर्यटन मन्त्रालयको ४५ लाख मध्य अहिलेसम्म ३७ लाख खर्च भएको पैदलमार्ग सम्पन्न गर्न अझै ५० लाख रूपैयाँ लाग्ने नगरपालिकाले जनाएको छ ।

धेरै पढिएको