काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)ले १ सय २० जना नेपालीलाई आममाफी दिएका छन्। इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद अल-अदाहको अवसरमा युएईको जेलमा रहेका १ सय २० जना नेपालीलाई आममाफी दिएको हो।
युएईस्थित नेपाली राजदूतावासले उनीहरूको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी दिएको नेपाली दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ । साथै युएई सरकारलाई दूतावासले आममाफी दिएकोमा युएई सरकारलाई धन्यवाद दिएको छ।