काठमाडौं । साफ बिस बर्ष मुनि महिला फुटबलको डबल राउन्ड रोबिन लिगमा नेपालले श्रीलंकासँग आज दोस्रोपटक खेल्दैछ ।
आजको खेल बसुन्धरा स्पोट्र्स मैदानमा हुनेछ । गत मङ्गलबार भएको खेलमा नेपाल ७–० ले विजयी भएको थियो । नेपाल श्रीलंकालाई दोस्रो पटक हराउने योजनामा रहेको छ । नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भएको थियो ।
श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९-१ को फराकिलो हार बेहोरेको थियो । दोस्रो खेलमा भुटानसँग ५-० को हार बेहोरेको थियो । प्रतियोगितामा बंगलादेश ३ खेलमा ९ अङ्कसहित शीर्ष स्थानमा छ भने ३ खेलमा ६ अङ्क जोडेको नेपाल दोस्रो र ३ अङ्क भएको भुटान तेस्रो स्थानमा छ ।
डबल राउण्ड रोबिन फम्र्याटमा हुने खेलको अन्तिममा धेरै अङ्क जोडेर शीर्ष स्थानमा रहने टोली बिजेता बन्नेछ ।