१ श्रावण २०८२, बिहीबार
Follow Us

‘प्रचण्ड’ र शेखर डा. कोइरालाबीच खुमलटारमा भेटवार्ता

नेपालब्रिटेन संवाददाता
१ श्रावण २०८२, बिहीबार १३:५३

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

खुमलटार पुगेर कोइरालाले ‘प्रचण्ड’सँग दुई घण्टा छलफल गरेका हुन् । शेखर निकट एक नेताले भने, ‘पछिल्ला समसामयिक राजनीति घटनाक्रमबारे छलफल भएको हो । करिब २ घण्टा वार्ता चल्यो ।’

शेखर पछिल्लो समय एमालेसँगको सहकार्यप्रति सन्तुष्ट छैनन् । उनले प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति चर्को असन्तुष्टि व्यक्त गरिरहेको बेलामा खुमलटार पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

धेरै पढिएको